Prabhu Life Ad Final

प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

IME PAY

काठमाडौं । प्रभु इन्स्योरेन्सको १६ दशमलव ३२ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । माघ २४ गते साधारण सभा बोलाएको कम्पनीले भोलि शुक्रबार बुक क्लोज गर्दैछ । त्यसकारण आजसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।

कम्पनीले गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ११ दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।

NCHL

सभा प्रभु कम्प्लेक्स, तीनकुने काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुने जनाएको छ । कम्पनीले ५ करोड २ लाख ५३ हजार ८०० रुपैयाँ बराबरको बोनस सेयर बाँड्नेछ । यस्तै, ११ करोड ३७ लाख ७४ हजार ६०३ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

सभामा कम्पनीले बोनस सेयर पश्चात चुक्ता पुँजी बृद्धि हुने भएकाले कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि छ ।

आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव रहेको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x