IME Life

महुली र नवकिरण लघुवित्तले गरे मर्जर सम्झौता, स्वाप रेसियो कति ?

SPIL
Sanima Reliance

काठमाडौं । महुली र नवकिरण लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने सम्झौता भएको छ । सम्झौतापत्रमा महुली लघुवित्तका अध्यक्ष प्रभुनारायण चौधरी र नवकिरण लघुवित्तका अध्यक्ष मोहनहरि आचार्यले सयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।

१००ः९५ को स्वापमा यी दुई संस्था मर्ज हुन् लागेका हुन् । मर्जरपछि आगामी बैशाख महिनाभित्र एकिकृत कारोबार गर्ने लक्ष्य संस्थाले जनाएको छ । डिडिए रिपोर्टमा १० प्रतिशत भन्दा तल माथि भए स्वाप रेसियो परिमार्जन गर्न सकिने उल्लेख छ ।

Crest
Meta Holidays

गाभिएपछि बन्ने संस्थाको नाम, महुली लघुवित्त वित्तीय संस्था राखिने र केन्द्रीय कार्यालय हाल महुलीको केन्द्रीय कार्यालय रहेको सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका ०६– महुली सप्तरीमै रहने जनाइएको छ ।

दुवै संस्थाबाट ४(४ गरी ८ सदस्यीय मर्जर कमिटि गठन भएको छ । मर्जर पश्चात बन्ने संस्थाको सीइओमा हालको महुली कै सीईओले निरन्तरता पाउने छन् ।

हाल नवकिरण लघुवित्तको केन्द्रीय कार्यालय रहेको काभ्रेको धुलिखेलस्थित कार्यालयलाई भने बागमती प्रदेश कार्यालय बनाइने सहमति भएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x