IME Life

बीमाले जोखिम वहन कसरी गर्छ ? यस्ता छन् तीन टिप्सहरु

SPIL
NIC ASIA

काठमाडौं । बीमालाई जोखिम वहन गर्ने वा व्यवस्थापन गर्ने मुख्य साधनको रुपमा लिइन्छ । बीमाले भोलिका दिनमा भइपरी आउने क्षतिबाट जोगिन मद्दत गर्दछ । भविष्यमा आइपर्न सक्ने क्षतिका बारेमा पहिल्यै विचार गरी त्यसको उचित व्यवस्थापन गर्नु जोखिम व्यवस्थापन हो । त्यही भोलि आइपर्ने जोखिमलाई बीमाले व्यवस्थापन गर्न मद्दत गर्दछ ।

न्यूनतम खर्च (बीमा शुल्क) मा आफ्नो0 सम्पत्ति, आम्दानी, आइपर्ने दायित्व एवम् कामदारको यथोचित अधिकतम सुरक्षाको आर्थिक रुपमा जिम्मेवारी लिनु नै वास्तविक जोखिम व्यवस्थापन हो । बीमा कम्पनीलाई जोखिमअनुरूप तोकिएको बीमा शुल्क बुझाई बीमायोग्य जोखिम हस्तान्तरण गर्न सकिन्छ । जोखिमलाई बीमाको माध्यमबाट हस्तान्तरण गर्न सकिन्छ । सोही कारण संसारभर बीमा सबैको प्रिय बनेको छ । यद्यपि सबै जोखिमलाई बीमा गर्न सकिन्छ भन्ने होइन । निम्न जोखिमलाई बीमा योग्य जोखिम भनिन्छ ।

Prabhu
Crest

घटना अनिश्चित हुनुपर्छ
जोखिम हस्तान्तरण गरिएका पक्षहरूमा घट्न सक्ने घटना अनिश्चित हुनुपर्छ । घटना घटिहालेमा पनि क्षति कति परिमाणको हुन्छ सो पनि अनिश्चित हुनुपर्छ । घटना हुने निश्चित छ भने बीमा गर्न मिल्दैन । अर्थात् घटना बीमा गर्ने व्यक्ति वा संस्थामा पुग्ने आर्थिक र भौतिक क्षति काबुभन्दा बाहिर हुनुपर्छ ।

जीवन बीमा गर्नेको कुनै एक दिन मृत्यु हुने निश्चित अवस्था देखिए पनि कुन दिन मृत्यु हुन्छ त्यो अनिश्चित छ । तर, जीवन बीमा गर्नेले बीमा गराउँदा तत्कालै आत्महत्याको नियत नराखेको हुनुपर्छ ।

बीमितले क्षति पुर्याउन पाइने छैनः बीमा शुल्क तिरेर बीमा गर्ने व्यक्तिले उक्त जोखिमलाई क्षति पुर्याउन पाइने छैन । अर्थात् आफ्नो सम्पत्ति आफैंले जानीजानी आगो लगाउनु बिगार्न र क्षतिपूर्ति माग गर्नु सामाजिक मान्यता विपरीत हुन्छ । साथै आफैले बीमा गरेर आत्महत्या गरेको अवस्थामा पनि बीमा दावी भुक्तानी हुन नसक्ने अवस्था हो । सवारी दुर्घटना बापत चालकलाई सम्बन्धित प्रहरीले गर्ने जरिवाना रकम बीमा क्षतिपूर्ति हुँदैन । तर, तेस्रो पक्षप्रति दायित्वको भने क्षतिपूर्ति हुन्छ ।

मूल्य किटान गर्न सकिने हुनुपर्छ
कुनै पनि क्षतिमा मूल्यको निर्धारण हुनु आवश्यक हुन्छ । घर आगलागी हुँदा, सवारी साधन दुर्घटना हुँदा मर्मत खर्च कति लाग्छ ? सवारी साधन दुर्घटना भई तेस्रो पक्षको मृत्यु भएमा प्रचलित ऐन नियमको व्यवस्थाले कति रकम दिनुपर्ने भयो ? जीवन बीमा गरिएको अवस्थामा मृतक भएको बीमितले इच्छाएको व्यक्तिले पाउने रकम कति छ ? बीमालेखको रकम कति हो र पाउने क्षतिपूर्ति कति हो ? यस्ता सबै प्रकारका क्षतिहरूलाई मूल्यमा किटान गर्न सक्नुपर्छ । निर्जीवन बीमामा घटना घटेपछि मात्र क्षति मूल्य यकिन हुन्छ तर जीवन बीमामा अग्रिम रूपमा नै मूल्य किटान भइरहेको हुन्छ ।

बीमा गर्दा निश्चित बीमशुल्क बुझाउनुपर्छ । बीमाशुल्कको निर्धारण धेरै कुरामा आधारित हुन्छ । सम्पत्तिमा सुरक्षण गरिने जोखिमको प्रकृति, त्यसमा पर्न सक्ने दायित्वको सीमा, जीवन बीमाको हकमा बीमा गर्नेको उमेर, स्वास्थ्य स्थिति तथा भुक्तानी फिर्ता हुने अवधि आदि विवरणका आधारमा बीमाशुल्क निर्धारण गरिन्छ ।

जनहितविरुद्ध हुनुहुँदैन
बीमाको माध्यमद्वारा जोखिम हस्तारन्तरण गरिँदा आइपर्न सक्ने क्षति वा दायित्व सिर्जना हुने बीमाको विषय वस्तुमा बीमा गर्न प्रस्ताव गर्ने व्यक्तिको आफ्नो बीमायोग्य हित भएको हुनुपर्छ । घटना भएमा हित कायम भएको व्यक्ति वा संस्थाले मात्रै क्षतिपूर्ति पाउनुपर्छ । अन्य व्यक्ति वा संस्थाको सम्पत्ति, आइपर्ने दायित्व तथा अरूको जीवनमा बीमा गर्न मिल्दैन (कुनै–कुनै अपवाद अवस्था बाहेक) यसलाई बीमायोग्य हितका सिद्धान्त सम्बन्धी शीर्षकमा छुट्टै व्याख्या गरिएको छ ।

सम्झौता विपरितका शर्तः
बीमा गर्दा बीमक कम्पनी र बीमित व्यक्ति वा संस्थाका बीचमा भएको सम्झौताभन्दा बाहिरबाट पुगेको क्षतिको बीमा दावी भुक्तानी हुन सक्दैन । जस्तो विकास आयोजनाहरुको बीमा गर्दा निश्चित प्रतिशतसम्मको क्षति बीमित आफैले व्यहोर्ने अर्थात बीमा दावी नगर्ने भनि शर्तनामा गरिएको रहेछ भने सो सीमाभन्दा बढिको क्षति मात्रै बीमा कम्पनीले भुक्तानी गर्न मिल्दछ । सम्झौताभन्दा बढि रकम भुक्तानी गरेको अवस्थामा अण्डरराईटिङबाट त्यस्तो भुक्तानी स्वीकृति नगर्न सक्दछ र भुक्तानी दिने बीमा प्रशासक माथि पनि कारवाही हुनसक्दछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS