SKIP THIS

IK Anniversary
IME Life

प्रधानमन्त्री रोजगार कार्यक्रममा आबद्ध डेढ लाख बेरोजगारको सामूहिक दुर्घटना बीमा

SPIL
NIC ASIA

काठमाडौं । सरकारले गत आर्थिक वर्षदेखि सुरु गरेको बेरोजगारलाई न्यूनतम रोजगार ग्यरेन्टी गर्ने प्रधानमन्त्री रोजगार कार्यक्रममा आबद्ध डेढ लाख बेरोजगारहरुको सामूहिक दुर्घटना बीमा गरिएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रममा आवद्ध श्रमिकको श्रमिकको दुर्घटनाको कारण मृत्यू भएमा आश्रित परिवारलाई ७ लाख रुपैयाँ र विरामी परेमा ७० हजार रुपैयाँ उपचार खर्च पाउने गरी राष्ट्रिय बीमा कम्पनीमा बीमा गरिएको हो । यस्तै, कार्यस्थलमा चोटपटक लागेर घाइते भएमा ७० हजार रुपैयाँसम्मको औषधी उपचार खर्च पाइने छ । सरकारले देशैभरिका बेरोजगारलाई न्यूनतम एक सय दिनको रोजगारी सरकारले ग्यारेन्टी गरेको थियो ।

Prabhu
Crest

मन्त्रालय र कम्पनीबीच १ माघदेखि लागू हुनेगरी २९ पुसमा सम्झौता भएको हो । सम्झौताअनुसार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मार्फत बीमा कम्पनीले बीमा शुल्क प्राप्त गर्नेछ । प्रधानमन्त्री रोजगार कार्यक्रमका देशैभरिका स्थानीय निकायमार्फत आबद्ध कूल १ लाख ५० हजार जनाको बीमा गरिएको राष्ट्रिय बीमा कम्पनीले जनाएको छ । कम्पनीले प्रतिव्यक्ति १ सय ३१ रुपैयाँ बीमा शुल्क लिएको बीमा गरेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS