IME Life

सिनर्जी पावरको नाफा ७८% ले बढ्यो

SPIL
NIC ASIA

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले यस अवधिमा ६ करोड ६८ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ७३ लाख ८६ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ७८ दशमलव ७० प्रतिशतले बढी हो ।

गत वर्ष ९ करोड ४६ लाख ३९ हजार रहेको रिजर्भ कोष यस वर्ष घटेर ६४ लाख ३९ हजार रुपैयाँमात्र ऋणात्मक छ ।

Prabhu
Crest

कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा विद्युत् बिक्रीबाट हुने आम्दानी पनि १९.२० प्रतिशतले बढाएर १३ करोड ५४ लाख ४१ हजार रुपैययाँ पुर्याएको छ । गत वर्ष यसले ११ करोड ३६ लाख २० हजार रुपैयाँ मात्र बिजुली बेचेर नाफा आर्जन गरेको थियो ।

कम्पनीले प्रशासनिक खर्च कटौती गर्न पनि सफल भएको देखिन्छ । यस त्रैमास सम्ममा प्रशासनिक खर्च १० लाख ४० हजार हजार रहेको छ । गत वर्ष यसैबेला प्रशासनिक खर्च २७ लाख ७९ हजार थियो । हाल सिनर्जीको चुक्ता पुँजी ७० करोड रुपैयाँ छ ।

प्रतिसेयर आम्दानी ९ रुपैयाँ ५४ पैसा रहेको सिनर्जीको प्रतिसेयर नेटवर्थ ९९ रुपैयाँ ०८ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS