Prabhu Life Ad Final

दुई कम्पनीको नगद लाभांश शेयरधनीको बैंक खातामा

IME PAY

काठमाडौं । आज दुई कम्पनीले शेयरधनीको खातामा नगद लाभांश पठाएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले र युनाइटेड फाइनान्स कम्पनीले नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरेका हुन् ।

नेपाल इन्भेष्टमेन्ट बैंकले पुस २४ गतेसम्ममा हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको खातामा नगद लाभांश जम्मा गरेको हो ।

NCHL

गत पुस २८ गते सम्पन्न बैंकको ३३ औँ वार्षिक साधारण सभाले १०.५ प्रतिशत बोनस र ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

हालसम्म भौतिक शेयर धारण गरेका शेयरधनीहरु हकमा पनि नगद लाभांश बैंक खातामा नै पठाउने व्यवस्था गरिएका कारण त्यस्ता शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिकिकरण गरी हितग्राही खाता र बैंक खाताको विवरण बुझाउन बैंकले अनुरोध गरेको छ । बैंकको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

त्यस्तै, युनाइटेड फाइनान्सले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको खातामा सो नगद लाभांश जम्मा गरेको हो ।

गत पुस २९ गते सम्पन्न फाइनान्सको ३३ औँ वार्षिक साधारण सभाले ७.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x