सुनको मुल्य बढ्यो, कति पुग्यो तोलाको भाउ ?

Citizen Life Insurance Co

काठमाडौं । आज पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज मंगलवार सुनको मुल्य तोलामा ३०० रुपैयाँले बढेको छ ।

हाज मंगलवार तोलामा ३०० रुपैयाँले बढेर प्रतितोला छापावाल सुन ७५ हजार ३०० र तेजाबी सुन प्रतितोला ७५ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । सुनको मूल्य सोमवार भने स्थिर थियो ।

यसअघि आइतवार सुन तोलामा २०० रुपैयाँले बढेर प्रतितोला छापावाल सुन ७५ हजार र तेजाबी सुन ७४ हजार ७०० रुपैयाँ कायम भएको थियो । चाँदीको मूल्य मंगलवार तोलामा रू.५ बढेर प्रतितोला ८ सय ९५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार