IME Life

तेस्रो पक्ष बीमा पुल सञ्चालन मोडालिटी अझै अधुरै

SPIL
NIC ASIA

काठमाडौं । यही माघ १ गतेदेखि सञ्चालनमा आएको तेस्रो पक्ष बीमा पुलको कार्यविधि अनुसारको मोडालिटी अधुरै रहँदा पुल व्यवस्थापक भनिएको पुनर्बीमा कम्पनी अन्योलमा परेको छ ।

तेस्रो पक्ष बीमा पुलमार्फत सञ्चालन गर्ने घोषणा गरेको एक साता वितिसक्दा पनि मोडालिटी तयार नहुँदा तेस्रो पक्ष बीमा गरेका कम्पनीका कर्मचारीहरु समेत अन्योलमा परेका छन् । मोडालिटी तयार नहुँदा तेस्रो पक्ष बीमा पुलको काम औपचारिक रुपमा सुरु हुन सकेको छैन ।

Prabhu
Crest

नेपाल बीमक संघको नेतृत्वमा कार्यविधि बनाई यही माघ १ गतेदेखि तेस्रो पक्ष बीमा पुलमार्फत सञ्चालन गर्ने निर्णय गरेको थियो । सो सम्बन्धमा सबै बीमा कम्पनीहरुलाई निर्देशन दिएको भएपनि मोडालिटीका कारण पुनर्बीमा कम्पनीसँग सम्झौतामा ढिलाई भएको छ ।

एक सातामा कम्पनीहरुले ठूलो रकम बीमाशुल्क बापत उठाई सकेका छन् । तेस्रो पक्ष बीमापुलको काम समयमा सुरु नहुँदा दावी भुक्तानीमा समस्या पर्ने देखिएको छ ।

माघ १ गते यता बीमाशुल्क भुक्तानी गरी दुर्घटनामा परेकाले दावी भुक्तानीका लागि आएको अवस्थामा के गर्ने ? को जिम्मेवार हुने ? समस्या परेको एक बीमा कम्पनीका सिईओले इन्स्योरेन्स खवरलाई बताए ।

उता, पुनर्बीमा कम्पनीका डेपुटी सिईओ दामोदर भण्डारीले तेस्रो पक्ष बीमा पुल व्यवस्थानको काम गर्ने भनिए पनि आजको मितिसम्म सम्झौता नभएको बताए ।

सम्झौता गर्न ढिलाई हुँदा पुनर्बीमा कम्पनी समेत अन्योलमा परेको स्रोतले जनाएको छ । तेस्रो पक्ष बीमा मोडालिटी तयार गर्न केही ढिलाई भएपनि लागू गरेरै छोड्ने नेपाल बीमक संघले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS