Prabhu Life Ad Final

पार्किङमै ठोक्कियो बुद्ध र यतिका जहाज, उडान स्थगित

IME PAY

काठमाडौं । लापरवाहीपूर्ण व्यवस्थापनका कारण सोमबार विहान पार्किङमै यति एयरलाइन्स र बुद्ध एयरको जहाज आपसमा ठोक्किएर क्षति पुगेको छ । जनकपुर उडानको तयारी गरेको बुद्ध एयरको जहाजले रोकिराखेको यति एयरलाइन्सको जहाजलाई ठक्कर दिएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विहान १०ः०७ बजे बुद्धको जहाजले यतिको जहाजलाई ठक्कर दिएको हो ।

ठक्कर दिएपछि बुद्धको उडान स्थगित गरी जहाज ग्राउण्डेड गरिएको छ । क्यानका अनुसार उडान सम्बन्धी इन्जिनियले सुरक्षित रहेको भन्ने प्रतिवेदन दिएपछि मात्रै जहाजले उडान भर्नेछ ।

NCHL

घटना सामान्य भएको भन्दै थामथुम पार्ने प्रयास गरिएको छ । विहानस्थलको पार्किङमा बढ्दो लापरवाहीका कारण जहाज ठोक्किने क्रम बढेको छ । यद्यपि हालसम्म कुनै अप्रिय घटना भने भएको छैन ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x