IME Life

कृषि विकास बैंकले २ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र निष्काशन गर्ने

SPIL
NIC ASIA

काठमाडौं । कृषि विकास बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले आगामी ७ वर्षका लागि १० दशमलव ३५ प्रतिशत व्याजदरमा प्रति ऋणपत्र १००० अंकित मूल्यमा २५ लाख कित्ताले हुन आउने २ अर्ब ५० करोड रूपैयाँको बराबरको कृषि बैक ऋणपत्र २०८३ ऋणपत्र निष्काशन गर्ने भएको हो ।

एनआईबिएल एस क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धक रहेको यस ऋणपत्रमा छिटोमा माघ १७ गते तथा ढिलोमा फागुन १४ गते सम्म आवेदन दिन सकिनेछ ।

Prabhu
Crest

ऋणपत्रलाई इक्रा नेपालले न्यून कर्जा जोखिम जनाउने ‘इक्राएनपी एलए’ रेटिङ्ग प्रदान गरेको छ । ऋणपत्रमा सर्वसाधारणले न्युनतम २५ कित्ता र अधिकतम २ लाख ५० हजार कित्तासम्मको लागि आवेदन गर्न पाउनेछन् ।

ऋणपत्रमा नेपाल धितोपत्र बोर्डबाट आश्वा सदस्यता लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाको अलवा मेरो शेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS