प्रदेश ५ मा कामना सेवा विकास बैंकको दुई शाखा

Citizen Life Insurance Co

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो प्रदेश नं ५ अन्तर्गत नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा नं ४, बर्दघाट र रुपन्देही जिल्ला , तिलोत्तमा नगरपालिका वडानं ५, मणिग्राममा आईतबार एकैसाथ २ वटा शाखा कार्यलय विस्तार गरेका छ ।

नयाँ दुई शाखा विस्तारसँगै बैंकको शाखा संख्या ११६ पुगेका छन् । बर्दघाट शाखाको उद्घाटन बर्दघाट नगरपालिकाका प्रमुख धिरज शर्मा बस्याल र बैंकका सञ्चालक भिम प्रसाद तुलाचनले संयुक्त रुपमा गरेका हुन् । यसैगरी मणिग्राम शाखाको उद्घाटन तिलोत्तमा नगरपालिका बासुदेव घिमिरे र बैंकका सञ्चालक भीम प्रसाद तुलाचनले संयुक्त रुपमा गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार