Prabhu Life Ad Final

३३ अंकले बढ्यो नेप्से, बीमा कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण

IME PAY

काठमाडौं । आज साताको पहिलो दिन नेप्से दोहोरो अंकले बढेको छ । आज शेर बजार नेप्से ३३ दशमलव ४३ अंकले बढेर १,३४३ दशमलव ६५ को विन्दुमा कायम भएको छ । आज ट्रेडिङ बाहेक सबै उपसूचकहरु बढेका छन् ।

आज जीवन बीमा कम्पनीको शेयर ६ दशमलव ०२ प्रतिशतले बढेका छ भने निर्जीवन बीमा कम्पनीको शेयर ६ दशमलव ४५ प्रतिशतले बढेको छ । फाइनान्स ५ प्रतिशतले बढेको छ । हाइड्रोपावर ४ दशमलव ३९ प्रतिशतले बढेको छ ।

NCHL

दिनभरिमा १ सय ७८ कम्पनीको ६१ लाख ३१ हजार ४ सय १३ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८ करोड ८ लाख रुपैयाँमाथिको कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन डिस्टीलरीको १२ करोड १५ लाख रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, सिवम् सिमेन्टको १० करोड ८ लाख रुपैयाँ, नेपाल लाइफ इनस्योरेन्स र प्रभु बैंकको ८ करोडमाथिको कारोबार भएको छ । एनसीसी बैंक र एनआइसी एशिया बैंकको ६ करोडमाथिको कारोबार भएको छ ।

सबैभन्दा धेरै लक्ष्मी इक्यिुटी फण्डका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै स्वाभिमान लघुवित्तका लगानीकर्ताले ६ प्रतिशतका दरले गुमाएका छन् ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x