कौशलटारमा मोटरसाईकल दुर्घटना, एकको मृत्यु

Citizen Life Insurance Co

काठमाडौं । राजधानीको कौशलटारमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । आइतबार विहानै भक्तपुरको कौशलटारमा भएको सो दुर्घटनामा पुरानो ठिमी बस्ने ३५ बर्षिय सतेन्द्र लिम्बुको मृत्यु भएको छ । लिम्बुको नागरिक अस्पताल गठ्ठाघरमा उपचारको क्रममा मृत्यु भएको हो ।

भक्तपुरको मध्यपुर थिमि नगरपालिका–३ कौशलटार चोकमा प्रदेश नम्बर–३–०२–००२ प ८०४० नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो । दुर्घटनामा झापा घर भएका ५३ वर्षीय बासुदेव खरेल घाइते छन् । उनको नागरिक अस्पताल गठ्ठाघरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार