IME Life

यो साता बीमा क्षेत्रमा के के भयो ? नयाँ सिइओदेखि बीमा पुलसम्म

SPIL
NIC ASIA

काठमाडौं । यो साता बीमा क्षेत्रका प्रशासनकीय, बीमा दावी भुक्तानी, तेस्रो पक्ष बीमा पुलमार्फत सञ्चालन गर्ने विषय सञ्चार माध्यममा चर्चामा रह्यो । साताको सुरुमा सञ्चालकहरुबीचमा विवाद बढेको भन्दै यूनाइटेड इन्स्योरेन्सकोबारेमा समाचार बाहिर आएको थियो । त्यस्तै पर्यटकीय नगरी पोखरामा बीमा सम्बन्धी विद्यार्थी, प्राध्यापक र बीमा प्रशासकहरु भेला भएर बृहत छलफल गरेको विषयले प्राथमिकता पायो ।

यो साताको अन्तिम दिन तेस्रो पक्ष मोटर बीमा पुलमार्फत सञ्चालन गर्ने नयाँ कार्यविधि लागु गर्ने बीमक संघको निर्देशनले निर्जिवन बीमा क्षेत्रमा दीर्घकालिन प्रभाव पार्ने देखिएको छ । त्यस्तै, प्रभु इन्स्योरेन्स कम्पनीको सिईओमा पुनः संचित बज्रचार्य नियुक्त भएका छन् भने नेशनल लाइफले मृतकको परिवारलाई एक करोड रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको छ ।

Prabhu
Crest

युनाईटेड इन्स्योरेन्समा सञ्चालकबीच विवादः मुख्य लगानीकर्ताका बीचमा खटपट परेपछि युनाईटेड इन्स्योरेन्सका अध्यक्षसहितका तीन सञ्चालकले पदबाट राजिनामा दिएको र विकसित घटनाक्रमका कारण उक्त कम्पनीमा समस्या पर्ने हो कि भन्ने चिन्ता र चासो व्यक्त भएको छ । दुई साताअघि अध्यक्ष भरत बहादुर कार्कीसहित सञ्चालकहरु महेश पन्त र बुद्धकाजी श्रेष्ठले राजिनामा दिएका थिए ।

पोखरामा बीमा सम्बन्धी एक दिने सेमिनार सम्पन्न : अजोड इन्स्यारेन्स र रिलायबल लाइफ इन्स्यारेन्सको सहयोगमा यो साता पोखरामा बीमा सम्बन्धी एक दिने सेमिनार सम्पन्न भएको छ । नेपालको बीमा व्यवसायको सम्भावना र चुनौती बिषयक अन्तरक्रिया कार्यक्रममा पोखरा विश्व विद्यालयमा अध्ययनरत विद्यार्थी, प्राध्यापक तथा सरोकारवाला निकायका अधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रभु इन्स्योरेन्सको सिईओमा पुनः बज्रचार्यः प्रभु इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा पुनः संचित बज्रचार्य नियुक्त भएका छन् । चार बर्षे कार्यकाल सकिएपछि बज्रचार्यलाई माघ १ गतेदेखि लागु हुने गरी आगामी ४ वर्षका लागि पुनः सिइओमा नियुक्त गरिएको छ ।

तेस्रो पक्ष मोटर बीमामा कोशेढुंगाः यही माघ १ गतेबाट सवारी साधनको तेस्रो पक्ष बीमा पुलमार्फत सञ्चालनमा आएको छ । नेपालमा तेस्रो पक्ष बीमा पुलमा आएपछि अब बजारमा अस्वस्थ प्रतिस्पर्धाको अन्त्य भएको छ । यसलाई सकारात्मक रुपमा लिन सकिन्छ । यसअघि बिचौलियालाई कमिशन दिनुपर्ने अवस्थाका कारण कम्पनीहरुले व्यापार हिस्साको ठूलो रकम कमिशनमै खर्चनु परेको थियो । नयाँ व्यवस्थासँगै सरकारले अनिवार्य गरेको तेस्रो पक्ष बीमामा प्रतिस्पर्धा र बिचौलिया अन्त्य भएकोले कोशेढुंगा मान्न सकिन्छ ।
तेस्रो पक्ष बीमा नेपाल बीमक संघ आफैले कार्यविधि बनाएर पुलमार्फत सञ्चालन गरेको हो ।

नेशनल लाइफद्धारा एक करोड रुपैयाँ मृत्यु दाबी भुक्तानी : नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक करोड तीन लाख १५ हजार रुपैयाँ बराबरको मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले झापाको विर्तामोडस्थित होटल ग्राण्ड प्यासिफिकमा एक कार्यक्रम आयोजना गरी आयोजना गरी मृतक इन्द्रप्रसाद दंगालको मृत्यू दाबी भुक्तानी गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS