IME Life

नेपालमा लघुवित्तले खेलेको भूमिका कस्तो? अध्ययन गर्न लघुवित्त संघद्वारा सम्झौता

SPIL
NIC ASIA

काठमाडौं । नेपाल लघुवित्त बैंकर्स सघंले सेन्टर अफ माइक्रोफाइनान्स (सिएमएफ)को सहकार्यमा नेपालमा संचालित लघुवित्त कार्यक्रमले समाजमा पारेको सामाजिक तथा आर्थिक प्रभावको अध्ययन गर्न लागेको छ ।

अर्थशास्त्री डा. विश्व पौडेलको नेतृत्वमा र नेपाल प्रशासनिक प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक तथा काठमाण्डौं विश्व विद्यालय स्कुल अफ म्यानेजमेन्टका डिन प्राध्यापक सुभास के.सीको निगरानीमा सम्पन्न हुन लागेको उक्त अध्ययन गराउन नेपाल लघुवित्त बैंकर्स सघं र सेन्टर अफ माइक्रोफाइनान्सबीच संझौता भएको छ ।

Prabhu
Crest

नेपाल लघुवित्त बैंकर्स सघंका अध्यक्ष बसन्त राज लम्साल र सेन्टर अफ माइक्रोफाइनान्सका कार्यकारी अध्यक्ष रेवत बहादुर कार्कीद्वारा हस्ताक्षर भएको उक्त संझौता पत्रमा १ वर्ष भित्रमा अध्ययन कार्य सम्पन्न गर्ने लक्ष्य रहेको जनाएको छ ।

कार्यक्रममा नेपाल लघुवित्त बैंकर्स सघंका अध्यक्ष बसन्त राज लम्सालले यस अध्ययनले नेपालमा लघुवित्त कार्यक्रमको अवस्था र यसले गरिवी न्युनिकरणमा खेलेको भूमिका तथा सामाजिक तथा आर्थिक क्षेत्रमा पारेको प्रभाव छर्लङ्ग हुनेमा विश्वश्त रहेको र नेपाल लघुवित्त बैंकर्स सघंले आगामी दिनमा पनि यस्ता खोजमूलक कार्य गर्ने बताए ।

उक्त कार्यक्रममा नेपाल लघुवित्त बैंकर्स सघंका महासचिव रामबहादुर यादव, लघुवित्त विद् जलन शर्मा, प्राध्यापक सुभास के.सी लगायत नेपाल लघुवित्त बैंकर्स सघं र सेन्टर अफ माइक्रोफाइनान्सका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS