राष्ट्रिय वाणिज्य बैंकको साधारण सभा माघ २४ गते

Citizen Life Insurance Co

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको तेह्रौ साधारण सभा माघ २४ गते हुने भएको छ । बैंकको माघ २ गते बसेको संचालक समितिको बैंठकको निर्णयले यक्त सभाको मिति तय गरेको हो । उक्त सभा राष्ट्रिय वाणिज्य बैंकको दरबारमार्ग्स्थित बैंकको सभाहलमा अपरान्ह २ बजे शुरु हुने जनाएको छ ।

सभामा चुक्ता पूँजीको १२ प्रतिशतले हुन आउने १ अर्ब ८ करोड ५ लाख ७५ हजार रुपैयाँ नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने र प्रबन्धपत्र र नियमावली संशोधन गर्ने लगायतका विभिन्न प्रस्तावहरु रहेको छ ।

शेयरधनीहरुको उपस्थिति पुस्तिकामा दस्तखत गर्न शेयरधनी उपस्थिति पुस्तिका बिहान १२ बजेदेखि १ बजेसम्म खुला गरिने समेत बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार