८ अर्बको आईपिओ जारी गर्न नेपाल इन्फ्रास्ट्रक्चर बैंकद्धारा बिक्री प्रबन्धक नियुक्त

Citizen Life Insurance Co

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आठ अर्ब रुपैयाँको आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीको बिक्रि प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त भएको छ ।

सेयर निष्कासन सम्बन्धी सम्झौतामा बैंकको तर्फबाट नायव महाप्रबन्धक बिनयनाथ न्यौपाने र एनआईबिएल एस क्यापिटलको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापाले हस्ताक्षर गरेका छन् ।

बैंकले प्रति कित्ता १ सय रुपैयाँको दरले ८ करोड कित्ता शेयर सर्वसाधारणहरुमा निष्कासन गर्ने भएको छ । बैंकको हाल अधिकृत पूँजी ४० अर्ब, जारी पूँजी २० अर्ब र चुक्ता पूँजी १२ अर्ब रहेको छ ।सेयर निष्कासन पश्चात् बैंकको चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुग्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार