IME Life

गुडविल फाइनान्सको साधारणसभा सम्पन्न, १० प्रतिशत लाभांस पारित

SPIL
NIC ASIA

काठमाडौं । गुडविल फाइनान्स लिमिटेड वित्तीय संस्थाको २५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा कम्पनीको अध्यक्ष राजाराम जोशीको अध्यक्षतामा सम्पन्न भएको हो ।

Prabhu
Crest

संस्थाले निक्षेपतर्फ गत आर्थिक बर्षको तुलनामा २७ प्रतिशतले वृद्धि गरी ६ करोड ८९ लाख रुपैयाँ तथा कर्जातर्फ २६ प्रतिशतले वृद्धि गरी ५ अर्ब ९० करोड रुपैयाँ पुराएको जानकारी दिदै आर्थिक बर्ष २०७५।०७६ को मुनाफाबाट १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत सरोज काजी तुलाधरले ,संस्थाले ७ बर्ष अवधिको १२ प्रतिशत व्याजदरमा ६/६ महिनामा व्याज भुक्तानी हुने गरि प्रति डिवेन्चर १ हजारका दरले कुल २५ करोड रुपैंया बरावरको (दुई लाख पचास हजार कित्ता) १२ प्रतिशत गुडविल फाइनान्स लिमिटेड डिवेन्चर २०८३” निष्काशन गर्ने प्रकृयामा रहेको जानकारी गराए ।

सभाले आगामी चार बर्षका लागि नयाँ संचालक समितिको गठन गरेको छ । जस अन्र्तगत संस्थापक शेयरधनीहरुको तर्फबाटसुधिरमान मास्के, दिलीप कुमार मुनकर्मी, जेनी जोशी (महिला संचालक) तथा सर्वसाधारण शेयरधनीहरुका तर्फबाट विश्व प्रकास साखः, पशुपति भक्त श्रेष्ठ, श्री रमेश मल्ल निर्विरोध निर्वाचित भएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS