IME Life

फर्स्ट माइक्रोफाइनान्सको नाफा १९% ले बढ्यो, यस्तो देखियो दोस्रो त्रैमास

SPIL
NIC ASIA

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स वित्तीय संस्था आर्थिक वर्ष २०७६ /७७ को दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गर्ने पहिलो संस्था बनेको छ । चालु आर्थिक वर्ष २०७६/ ७७ को दोस्रो त्रैमासमा संस्थाको सबै वित्तीय सूचकहरु सकरात्मक देखिएको छ ।

८० करोड ७ लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको आर्थिक वर्ष २०७६ /७७ को दोस्रो त्रैमासमा १७ करोड ४२ लाख रुपैयाँ जगेडा कोषमा राखेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा १५ करोड ३० लाख रुपैयाँ मात्र सञ्चिती रहेको थियो ।

Prabhu
Crest

खुद नाफा
चालु आर्थिक वर्ष २०७६ ७७ को दोस्रो त्रैमासमा संस्थाले ६ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा संस्थाको नाफा १९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले ५ करोड ६३ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो ।

कर्जा तथा सापटी
चालु आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासमा संस्थाले ५ अर्ब ८४ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले ४ अर्ब ६८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा संस्थाको कर्जा २५ प्रतिशतले बढी हो ।

त्यस्तै, संस्थाले चालु आर्थिक वर्षकै दोस्रो त्रैमासमा ५ अर्ब ५४ करोड रुपैयाँ सापटी लिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ अर्ब ५७ करोड रुपैयाँ सापटी लिएको थियो ।

संचालन मुनाफा
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा संस्थाले १० करोड ६० लाख रुपैयाँ संचालन मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ८ करोड ८४ लाख रुपैयाँ संचालन मुनाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा स.स्थाको संचालन मुनाफा २० प्रतिशतले बढी हो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा प्रति शेयर आम्दानी १६ रुपैयाँ ७२ पैसा रहेको छ । किताबी मुल्य १ सय २१ रुपैयाँ ७७ पैसा रहेको छ भने मुल्य आम्दानी अनुपात २५ गुणा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS