IME Life

धौलागिरी लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न

SPIL
NIC ASIA

बागलुङ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारणसभाले संञ्चालक समितिमा चार जनालाई निर्विरोध चयन गरेको छ ।

सञ्चालकहरुमा इश्वरलाल राजभण्डारी, सिर्जना थापा, हरिप्रसाद शर्मा र उत्तम कुमार राजभण्डारी सर्वसम्मत चयन भएका छन् ।

Prabhu
Crest

साधारणसभामा संचालक हरि प्रसाद शर्मा र कृष्ण राज शर्माले मन्तव्य राख्नुभएको थियो । सभामा अध्यक्ष इश्वरलाल राजभण्डारीले आर्थिक वर्ष २०७५र०७६ को बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साधारणसभाको अवसरमा संस्थाको आ.ब २०७६।०७७ को नीति कार्यक्रम तथा लक्ष्य बजेटको आधारमा प्रथम त्रैमासिक समिक्षामा लक्ष्य अनुसारको प्रगतीको सुचाकाङ्कक आधारमा प्रथम हुन सफल शाखा ठाडा, दोश्रो हुन सफल शाखा बुर्तिबाङ र तेश्रो हुन सफल शाखा कार्यालय नौडाँडालाई सम्मान गरिएको थियो ।

संस्थाले गण्डकी प्रदेश, प्रदेश नं. २,र प्रदेश नं. ५ का विभिन्न जिल्लाहरुमा गरी ३६ वटा शाखा कार्यालय सञ्चालन गरी रहेको र २८ हजार ४ सय ५६ जना सदस्यहरुलाई लघुवित्त समूहमा आवद्ध गराउँदै ७६ करोड ऋण लगानी, ४८ करोड, ९१ लाख बचत संकलन गरेको र चुक्ता पुँजी ७ करोड रहेको संस्थाका का.मु प्रमुख कार्यकारी अधिकृत शिवराम जोशीले जानकारी दिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS