भोलिदेखि प्रदेश नं २ मा छोरी बीमा सप्ताह

1195

काठमाडौं । प्रदेश नं २ ले माघ दुई गते देखि ‘बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रम अन्तर्गते छोरी शिक्षा बीमालाई जनस्तरसम्म लैजानको लागि छोरी बीमा सप्ताह कार्यमक्रम संचालन गर्ने भएको छ ।

प्रदेश नं २ सरकारले वि.स २०७५ माघ १ गते यता उक्त प्रदेशमा जन्मेका छोरीहरुको शिक्षाका लागि बीमा गर्ने सरकारले घोषणा गरेको छ । साथै उक्त प्रदेश सरकारले बीमा लगायतको अन्य सुविधा प्रदान गर्ने गरी सप्ताह मनाउने निर्णय गरेको छ । माघ २ गतेदेखि ९ गतेसम्म प्रदेश नं २ को आठवटै जिल्लामा शिविर सञ्चालन गरिने ‘बेटी पढाऊ बेटी बचाऊ’ संचालन गरिने सो प्रदेशको मुख्यमन्त्री सचिवालयले जनाएको छ ।

उक्त सप्ताहमा शिक्षा बीमाका साथै छोरीहरुको स्वास्थ्य जाँच, निःशुल्क औषधि वितरणसहितका कार्यक्रम गरिने भएको छ । यस अभियानले विभिन्न कारण बीमा गराउन नसकेका छोरीहरुलाई समेट्दै अघि बढ्ने प्रदेश सरकारको लक्ष्य रहेको छ ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्