IME Life

नयाँ ब्रोकर कम्पनीलाई लाईसेन्स दिने धितोपत्र बोर्डको घोषणा

SPIL
NIC ASIA

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ कम्पनीहरुलाई ब्रोकर लाइसेन्स दिने घोषणा गरेको छ । बोर्डका नवनियुक्त अध्यक्ष भिष्मराज ढुंगानाले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी नयाँ कम्पनीहरुलाई लाईसेन्स वितरण गर्ने जनाएका छन् ।

अध्यक्ष भीष्मराज ढुङ्गानाले नयाँ कम्पनीहरुलाई कमोडिटिज एक्सचेञ्जको लाइसेन्स चाँडै बाँड्ने बताएका हुन् । बैंकलाई ब्रोकरको लाइसेन्स दिने प्रक्रिया नेप्सेमा अल्झिरहेको बेला तथा आधा दर्जन ब्रोकर कम्पनीले लाइसेन्स माग गर्दै बोर्डमा निवेदन दिएको अवस्थामा नवनियुक्त अध्यक्ष ढुंगानाका यस्तो भनाई सार्वजनिक गरेका हुन् ।

Prabhu
Crest

बोर्डले छ महिनामा गरेको कारोबारको समीक्षा गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ढुंगानाले पुँजि बजारको नियमनमा कडाई गर्ने बताएका छन् । उनले छ महिनाको कारोबार मिश्रित रहेको भन्दै बीमा तथा लघुवित्त कम्पनीहरुको हकप्रद शेयरका कारण पुँजि बजार अझै फराकिलो भएको बताए ।

समीक्षा अवधीमा नेप्सेमा सुचिकृत कम्पनीको संख्या २१२ पुगेको छ । गत साउनदेखि पुस मसान्तसम्ममा कूल ३२ अर्ब ५१ करोड रुपैयाँको धितोपत्र कारोबार भएको बोर्डले जनाएको छ । समीक्षा अवधीमा गत आवको तुलनामा २.८ प्रतिशतले कारोबार घटेको देखिएको छ ।

छ महिनाको विवरण।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS