IME Life

२० अंकले बढ्यो नेप्से , १३६ कम्पनीका लगानीकर्ताले कमाए

SPIL
NIC ASIA


काठमाडौं । नेप्से २० दशमलव ८५ बढेर बढेर १२८४ दशमलव २३ अंकमा कायम भएको छ । होटल,उत्पादनमुलक र अन्य बाहेक आज सबै उपसूचकमा हरियाली छाएको छ ।

आज दिनभरीमा ९० करोड ४८ लाख रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै एनआईसी एशीया बैकको ७ करोड ७४ हजार रुपैयाँ भन्दा बढी कारोबार भएको छ ।

Prabhu
Crest

सर्वाधिक कारोबार हुने कम्पनीहरु
आज सर्वाधिक कारोबार हुने १० कम्पनीहरुमा एनआइसी एशिया बैंक रहेको छ जसको ७ कररेड ४० लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, एनएमबि बैंकको ३ करोड १८ लाखको कारोबार भएको छ । नेपाल बैंक, सिटिजन्स इन्भेष्टमन्ट ट्रष्ट, नेपाल लाइफ इन्स्योरेन्स, डिप्रोक्स लघुवित्त,एभरेष्ट बैंकको २ करोडमाथिको कारोबार भएको छ । त्यस्तै, सिभिल बैंक, प्रभु बैंक र एनसीसी बैंकको १ करोडमाथिको कारोबार भएको छ ।

सर्वाधिक बढ्ने कम्पनी
आज सबैभन्दा धेरे विशाल बजार कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् त्यस्तै, रिलाएन्स फाइनान्स, इन्फिनिटी लघुवित्त, महिला सहयात्रा, पाँचथर पावर, पञ्चकन्यामाइ हाइड्रोपावर, मञ्जुश्री फाइनान्स, देवः विकास बैंक, विजय लघुवित्त, साल्ट ट्रेडिङ लगायतका लगानीकर्ताले कमाएका छन् ।

सर्वाधिक घट्ने कम्पनी
आज सबैभन्दा धेरै रैराङ हाइड्रोपावरका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका छन् । सेन्ट्रल फाइनान्स, शिवम् सिमेन्ट, सानिमा बैंक डिवेञ्चर,दिव्यश्वरी हाइड्रोपावर, कर्णली डेभलपमेन्ट बैंक, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल, नेपाल सेवा लघुवित्त, सिद्धार्थ इन्स्योरेन्स र चिलिमे हाइड्रोपावर लगायतका लगानीकर्ताले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS