IME Life

पोखरामा बीमा सम्बन्धी एक दिने सेमिनार सम्पन्न

SPIL
NIC ASIA

काठमाडौं । अजोड इन्स्यारेन्स र रिलायबल लाइफ इन्स्यारेन्सको सहयोगमा हिजो पोखरामा बीमा सम्बन्धी एक दिने सेमिनार सम्पन्न भएको छ । नेपालको बीमा व्यवसायको सम्भावना र चुनौती बिषयक अन्तरक्रिया कार्यक्रममा विद्यार्थी तथा सरोकारवाला निकायका अधिकारीहरुको सहभागिता रहेको थियो ।

बीमा प्रशासक, प्राध्यापक, पोखरा विश्वविद्यालय स्कूल अफ बिजनेस तथा नेपाल टुरिज्म तथा होटल म्यानेजमेन्ट कलेजका झण्डै १६० जना बिद्यार्थीहरुको सहभागीता रहेको सेमिनारमा बीमा व्यवसायको बजार फराकिलो पार्ने सम्भावना र यसका चुनौतिको विषयमा चर्चा गरिएको थियो । पोखरा विश्वबिद्यालयका डीन प्रा.डा. इन्द्र प्रसाद तिवारीद्धारा उद्घाटन गरिएको उक्त कार्यक्रमको अध्यक्षता बीमा तथा बैकिङ अध्ययन समूहका अध्यक्ष गणेश न्यौपानेले गरेका थिए ।

Prabhu
Crest

कार्यक्रममा जीवन बीमा बजारबारेमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले तथा नीर्जिवन बीमा बजारको बारेमा अजोड इन्स्योरेन्सका उप–प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र् थापा र सर्भेयर सुरेन्द्र्र गोदारले दावी व्यवस्थापनको अभ्यासको बारेमा चर्चा भएको थियो ।

साथै विद्यार्थी र बीमा क्षेत्रमा लामो अनुभव हासिल गरेका व्यावसायीक बिज्ञहरु समेत सहभागी अन्तरक्रिया कार्यक्रमबाट विद्यार्थीहरुले बीमाको बारेमा प्राविधिक तथा सैद्धान्तिक ज्ञान हासिल गरेका छन् ।

सहभागीद्धारा बीमा बजारको भविष्य र विद्यार्थीहरुको रोजागारीको अवसरको बारेमा विभिन्न जिज्ञासा राखेका थिए । उक्त समारोहको संयोजन कार्पोरेट रिलेसन एण्ड प्लेसमेन्ट कोर्डिनेटर उप–प्राध्यापक रविन्द्र प्रसाद बरालले गरेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS