फेरी बढ्यो सुनको मुल्य, कति पुग्यो तोलाको भाउ ?

Citizen Life Insurance Co

काठमाडौं । पुस लागेदेखि लगातार बढेर उच्च विन्दुमा पुगेको सुनको भाउ गत आइतबारदेखि केहि घट्न थालेको थियो । आज फेरी सुनको मुल्य बढेको छ ।

आज बुधबार सुनको भाउ तोलामा ७०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ७४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन मंगलबार सुन तोलामा ८०० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ७४ हजार र तेजाबी सुन प्रतितोला ७४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ८८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार