कामना सेवा विकास बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच सम्झौता

Citizen Life Insurance Co

काठमाडौं । ज्ञानेश्वरमा केन्द्रीयकार्यालय रहेको कामना सेवा विकास बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच आर.टि.जि.एस.सम्झौता भएको छ ।

नेपाल क्लियरिङ्ग हाउससँग भएको सम्झौता अनुसार बैंकका ग्राहकहरुले कनेक्ट आइपीएसमा सुविधा अन्र्तगत आर.टि.जि.एस सुविधा प्राप्त गर्न सक्ने छन् ।

जसबाट अन्तर बैंक भुक्तानी सुविधामा सहजता आउनेछ । यस अघि बैंकले नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागसँग पनि आर.टि.जि.एस.सम्झौता गरिसकेको छ ।

यस बैंकले देशका विभिन्न स्थानमा ११४ वटा शाखा तथा ६० वटा मार्फत ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार