आधा नेपालमा भोलि सार्वजनिक विदा

Citizen Life Insurance Co

अपडेटः
काठमाडौं । माघ १ गते माघीको अवसरमा सार्वजनिक विदा दिने सम्बन्धमा केहीबेर अघि कर्णाली प्रदेश सरकारले पनि दिने निर्णय गरेको छ । यसैबीच, प्रदेश १ सरकारले पनि माघीको अवसरमा भोलि सार्वजनिक विदा दिने निर्णय गरिसकेको जनाएको छ । नयाँ निर्णयसँगै भोलि बागमति प्रदेश र प्रदेश २ मा मात्रै कार्यालयहरु खुल्ला हुनेछन् ।

………………………………….

आधा नेपालमा भोलि सार्वजनिक विदा

काठमाडौं । भोलि अर्थात माघे संक्रान्ति । मगर र थारु समुदायले भव्य रुपमा मनाउने माघी पर्वको अवसरमा तीन वटा प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेका छन् ।

सोमबार गण्डकी प्रदेश सरकारले माघ १ गते माघे सक्रान्तिका दिन सार्वजनिक विदा दिने निर्णय गरेसँगै आधा नेपाल विदा हुने भएको हो । यसअघि प्रदेश नं ५, र सुदुरपश्चिममा पनि प्रदेश सरकारले माघे सक्रान्तिको सावजनिक बिदा दिने निर्णय गरिसकेका थिए । प्रदेश ५ सरकारले एक साताअघि नै निर्णय गरिसकेको छ भने सुदुरपश्चिम सरकारले हिजो सार्वजनिक विदा दिने निर्णय गरेको हो ।प्रदेश प्रदेश नं १ र २, बागमति प्रदेश तथा कर्णाली प्रदेशमा भने विदा हुने छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार