कोटेश्वरमा कार दुर्घटना, गायक भट्टराईको मृत्यु

Citizen Life Insurance Co

काठमाडौं । नेपाली गित संगितको क्षेत्रमा दरबारमार्गको भयावह दुर्घटनामा मृत्यु भएका प्रविण गुरुङलाई सबैले सम्झने गर्दछन् । सोमाबर राति दरबारमार्गबाट निस्केका एक गायक सवार कार दुर्घटनामा उनै प्रविण गुरुङ सम्झाउने अर्को दुर्घटना भएको छ । जसमा गायक निशान भट्टराईको मृत्यु भएको छ ।

गायकी लोचन भट्टराईका भाइ तथा नेपाली गजल तथा गित संगितको क्षेत्रमा प्रख्यात भट्टराईले चलाएको कार काठमाडौंको तीनकुनेमा पोलमा ठोक्किएर दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा घाइते उनलाई तत्कालै ट्रमा सेन्टर पुर्याइएकोमा उपचारको क्रममा उनको निधन भएको हो । घट्नामा बीमा दावी पर्ने नपर्ने खुलेको छैन । दुर्घटना कसरी भयो भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

भट्टराईको निधनमा नेपाली गित संगित क्षेत्र विशेष गरी गजलमा ठूलो क्षति पुगेको छ । गायक भट्टराई बन थाई रेष्टुरेन्टमा लाईभ म्यूजिकमा गाउने गर्दथे । उनको गजल सुन्न पारखीहरुको भिड लाग्ने गर्दथ्यो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार