आइपीओ निष्काशन गर्ने प्रस्तावसहित सानिमा जनरलको साधारण सभा माघ २४ गते

Citizen Life Insurance Co

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले माघ २४ गते आफ्नो दोस्रो वार्षिक साधारण सभ ागर्ने भएको छ । कम्पनीको पुष २२ गते बसेको संचालक समितिको बैंठकले उक्त सभाको मिति तय गरेको हो । उक्त सभा होटल एलो पेगोडा, कान्तिपथमा बिहान साढे ११ बजे शुरु हुने जनाएको छ ।

सभामा कम्पनीले आईपीओ निष्कासन गर्ने विषेश प्रस्ताव पेश गर्दैछ । त्यस्तै, सभाले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन गर्ने र सो सम्बन्धी कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ ।

साथै, सभाले स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने र लेखापरीक्षक नियुक्त गर्न प्रस्ताव पनि पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार