IME Life

निर्जिवन बीमा कम्पनीहरुको लगानी झण्डै ४० अर्ब

SPIL
NIC ASIA

काठमाडौं । नेपालमा सञ्चालित २० वटा निर्जिवन बीमा कम्पनीहरुको लगानी झण्डै ४० अर्ब पुगेको छ । चालु आवको प्रथम त्रैमाससम्मा २० वटा कम्पनीले कूल् ३९ अर्ब ९२ करोड २६ लाख १७ हजार रुपैयाँ लगानी गरेको छ । बीमा समिति उपलब्ध गराएको विवरण अनुसार निर्जिवन बीमा कम्पनीहरु मध्ये सबैभन्दा धेरै राष्ट्रिय बीमा कम्पनी रहेको छ ।

राष्ट्रिय बीमा कम्पनीले पाँच अर्ब ३० करोड रुपैयाँ लगानी गरेको छ । त्यस्तै दोस्रोमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले ३ अर्ब ९ करोड रुपैयाँ लगानी गरेको छ । तेस्रोमा नेको इन्स्यारेन्स कम्पनी रहेको छ । कम्पनीले २ अर्ब ६९ करोड रुपैयाँ बराबरको लगानी गरेको छ ।

Prabhu
Crest

त्यस्तै प्रिमियर इन्स्यारेन्स कम्पनीले दुई खर्ब ६३ करोड रुपैयाँ, सिदार्थ इन्स्योरेन्सले २ अर्ब ४४ करोड, लुम्बिनी जनरल इन्स्योरेन्स २ अर्ब २९ करोड रुपैयाँ, एनएलजी इन्स्योरेन्सले २ अर्ब २३ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्सले २ अर्ब ११ करोड रुपैयाँ, दि ओरियन्टल इन्स्योरेन्सले २ अर्ब ११ करोड रुपैयाँ, हिमालयन जनरल इन्स्योरेन्सले १ अर्ब ९९ करोड रुपैयाँ र नेशनल इन्स्योरेन्सले १ अर्ब ८७ करोड रुपैयाँ लगानी गरेका छन् ।

त्यसैगरी, सगरमाथा इन्स्योरेन्सले १ अर्ब ५१ करोड रुपैयाँ, आईएमइ जनरल इन्स्योरेन्सले १ अर्ब ५९ करोड रुपैयाँ, पु्रडेन्सियल इन्स्यारेन्सले १ अर्ब ५२ करोड रुपैयाँ, एभरेष्ट इन्स्यारेन्सले १ अर्ब ५१ करोड रुपैयाँ र प्रभु इन्स्योरेन्सले १ अर्ब २१ करोड रुपैयाँ लगानी गरेका छन् ।

करोडभित्र लगानी गर्न निर्जिवन बीमा कम्पनीहरु
तीन नयाँ निर्जिवन बीमा कम्पनीहरुको लगानी करोडमा रहेको छ भने पुरानो युनाइटेड इन्स्यारेन्स कम्पनी पनि कम लगानी गर्न कम्पनीमा परेको छ ।

अजोड इन्स्योरेन्स कम्पनीले ९४ करोड ९३ लाख रुपैयाँ, जनरल इन्स्यारेन्सले ८६ करोड ३२ लाख रुपैयाँ, सानिमा इन्स्योरेन्सले ८२ करोड ५ लाख रुपैयाँ र युनाईटेड इन्स्योरेन्सले ७७ करोड ४५ लाख रुपैयाँ लगानी गरेका छन् । उल्लेखित लगानीहरु अल्पकालिन तथा दीर्घकालिन लगानी तथा पेश्की रकम समेत हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS