सिटी एक्सप्रेस फाइनान्सको शेयर कारोबार रोक्का

Citizen Life Insurance Co

काठमाडौं । सिटी एक्सप्रेस फाइनान्सको शेयर कारोबार रोक्का भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले प्राप्ति गर्ने भएसँगै फाइनान्सको आज सोमबार देखि दोस्रो बजारमा सेयर कारोबार रोक्का गरिएको जनाएको छ ।

फाइनान्सले बैंकसँग प्राप्तीमा जाने सम्झौता पत्रमा हस्ताक्षर गरिसकेको छ । बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ती (एक्विजीशन) सम्बन्धी विनियमावली, २०७३ को विनियम ६ (१) बमोजिम कारोबार रोकिएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार