IME Life

मल्टिपर्पस फाइनान्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA

काठमाडौं । मल्टिपर्पस फाइनान्सको २० लाख कित्ता सेयर लिलामीमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले पुस १४ गतेबाट सस्ंथापक समूहको १८ लाख ५० हजार सात सय २१ कित्ता र सर्वसाधारण समूहको १ लाख ४९ हजार छ सय ५७ कित्ता सेयर बिक्री खुला गरेको थियो ।

कम्पनीले यसअघि असोज ३० गतेबाट कात्तिक ७ गतेसम्म १८ लाख ६० हजार ७२१ कित्ता संस्थापक र ६ लाख २६ हजार ५५७ कित्ता सर्वसाधारण समूहको सेयर बिक्री खुला गरेको थियो । त्यतिबेला सबै बिक्री नभएपछि बाँकी रहेको सेयर पुनः लिलामी प्रक्रियाबाट बिक्रीमा ल्याइएको हो ।

Prabhu
Crest

लगानीकर्ताले न्यूनतम १ सय रुपैयाँलाई आधार मानेर बोलकबोल गर्नुपर्छ । बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट सुन्धारा, काठमाडौं र मल्टिपर्पस फाइनान्सको केन्द्रीय कार्यालय, राजविराज सप्तरीबाट आवेदन दिन पाइने छ ।

साथै, सिभिल बैंकको विराटनगर, वीरगञ्ज, पोखरा, नेपालगञ्ज, विरेन्द्रनगर, धनगढी, विर्तामोड, जनकपुर, हेटौंडा, नारायणघाट र घोराही शाखाबाट पनि लिलामी सेयरमा आवेदन दिन सकिने संस्थाले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS