नेपाल राष्ट्र बैंकले १४ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने

Citizen Life Insurance Co

काठमाडौं । नेपाल राष्ट्र बैंकले १४ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले ९१र १८२ दिनका लागि ट्रेजरी बिल जारी गर्न लागेको जनाइएको छ । बैंकले ९१ दिनको ८ अर्ब रुपैयाँको र १८२ दिनको ६ अर्ब रुपैयाँको ट्रेजरी बिल जारीगर्न लागेको हो ।

पुष २९ गते जारी हुने बिलका लागि आज (सोमबार) दिउँसो २ बजे बोलकबोल हुनेछ । यो ट्रेजरी २०७७ साल बैशाख २ गते परिपक्व हुनेछ । त्यस्तै,२०७७ असार ३० गते परिपक्क हुने समेत नेपाल राष्ट्र बैंकले जनाएको छ ।

ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार