IME Life

सञ्चालकबीचमा विवादपछि युनाईटेड इन्स्योरेन्समा समस्या

SPIL
NIC ASIA

काठमाडौं । मुख्य लगानीकर्ताका बीचमा खटपट परेपछि युनाईटेड इन्स्योरेन्सका अध्यक्षसहितका तीन सञ्चालकले पदबाट राजिनामा दिएको खुलेको छ । दुई साताअघि अध्यक्ष भरत बहादुर कार्कीसहित महेश पन्त र बुद्धकाजी श्रेष्ठले राजिनामा दिएका थिए । राजिनामा दिएका अध्यक्ष कार्कीले काम गर्नैै मन नलागेर पदबाट राजिनामा दिएको प्रतिक्रिया दिएका छन् ।

Prabhu
Crest

२६ प्रतिशत शेयर रहेको एनई ग्रुप र २४ प्रतिशत शेयर रहेको चौधरी ग्रुपका बीचमा कसले पकड जमाउने भन्ने विषयमा पछिल्लो विवाद उत्पन्न भएको देखिएको छ । होटल तथा अन्य व्यापारिक प्रतिष्ठानमा राम्रो साझेदार भइरहेको दुई लगानी समुहका बीचमा युनाईटेड इन्स्योरेन्समा भने खटपट भएको छ । लगानीकर्ताहरुका बीचमा खटपटका कारण महिनादिन भन्दा लामो समयदेखि बोर्ड मिटिङ समेत हुन सकेको छैन ।

अध्यक्षसहित तीन जना सञ्चालकले आफ्नो पदबाट दिएको राजिनामा स्वीकृति गर्ने अवस्था समेत नरहेको बताइएको छ । तीन सञ्चालकले राजिनामा गर्नुका पछाडि एनई ग्रुपले चर्को दवाव सिर्जना गरेको बताइन्छ । कारण काम गर्ने वातावरण नभएपछि अध्यक्षसहित तीन जना सञ्चालकले पदबाट राजिनामा दिएको सुत्रले जनाएको छ । एनई ग्रुपकै दवावका कारण अर्की सञ्चालक पूजा दाहाल समेत राजिनामा दिने मनस्थितिमा पुगेकी छिन् ।

सूत्रका अनुसार एनई ग्रुपले युनाईटेड इन्स्योरेन्स कम्पनीमा हस्तक्षेप बढाएका कारण समस्या बढेको हो । दुई लगानीकर्ताका बीचमा विवादका कारण कर्मचारीहरुमा समेत निराशा बढ्दै गएको एक कर्मचारीले इन्स्योरेन्स खवरलाई बताए । लामो समयदेखि सिईओ विहिन भएको कम्पनीमा विवादकै कारण सिईओ समेत नियुक्त गर्न सकेको छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS