Prabhu Life Ad Final

दुबई विमानस्थलमा दर्जनौं जहाजहरु पानीमा डुबे, करोडौंको क्षति

IME PAY

एजेन्सीहरु । खाडी मुलुक दुबईको केन्द्रीय विमानस्थल भारी वर्षापछि अबरुद्ध भएको छ । अत्याधिक वर्षापछि जहाजहरु पानीमा डुबेका छन् भने उडान र अवतरण अबरुद्ध भएका छन् । दुबईको सेन्ट्रल विमानस्थल पानीले डुबेको हो । विश्वकै व्यस्त विमानस्थल पानीले डुब्दा लाखौं यात्रुहरु प्रभावित भएका छन् । विमानस्थलले बैकल्पिक माध्यमबाट यात्रा गराउने प्रयास जारी रहेको दुबई सरकारले जनाएको छ ।

अत्याधिक पानी परेका कारण जहाजहरु समेत पानीमा डुबेको दृष्य देखिएको छ । दुबईको यो विमानस्थल विश्वकै व्यस्त विमानस्थलहरुमध्ये एक हो । शनिबार भारी वर्षाका कारण जलमग्न भएपछि सयौं उडान स्थगित भएका छन् ।

NCHL

दुबईमा शनिबार साढे दुई घण्टासम्म प्रतिघण्टा १५० मिलिलिटरका दरले पानी परेको स्थानीय मौषम विभागले जनाएको छ ।

कति जहाजमा पानीका कारण असर गर्यो भन्ने खुल्न बाँकी छ । शनिबार परेको ठूलो वर्षापछि दुबईमा करोडौं रुपैयाँको क्षति पुगेको जनाईएको छ । सो क्षतिको ठूलो रकम बीमा दावी पर्ने अनुमान गरिएको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x