महुली लघुवित्तको साधारणसभा सम्पन्न, साढे ३१ प्रतिशत लाभांश पारित

Citizen Life Insurance Co

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको सातौं बार्षिक साधारणसभा आज सम्पन्न भएको छ । साधारणसभाले ३१.५८ प्रतिशत लाभांश दिने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ ।

कम्पनीले गत आवको सञ्चालन मुनाफा तथा शेयर प्रिमियमबाट २० प्रतिशत बोनस र ११.५८ प्रतिशत नगद लाभांश पारित गरेको हो । हाल १० करोड २० लाख रुपैयाँ चुक्ता पुँजि रहेको कम्पनीको बोनस वितरणपछि कम्पनीको चुक्ता १२ करोड २४ लाख रुपैयाँ पुग्नेछ ।

कम्पनीका अध्यक्ष प्रभुनारायण चौधरीको अध्यक्षतामा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७५।०७६ को नाफा नोक्सान हिसाब, वासलात लगायतका वित्तीय विवरणहरु पारित गरेको छ । साधारणसभामा बोल्दै कम्पनीका अध्यक्ष चौधरीले लघुवित्त कम्पनीको मूल्यमान्यताभित्र रहेर आगामी वर्ष अझै प्रगति गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार