IME Life

जोखिम हस्तान्तरण गर्न ‘बीमा बुझौं, बीमा गरौं’

SPIL
NIC ASIA

विराटनगर । बीमा समितिका अध्यक्ष सहितको टोली यतिबेला पूर्वी नेपालमा बीमाबारे जनचेतना जगाउन व्यस्त छ । शुक्रबार स्थानीय एक विद्यालयमा पुगेर विद्यार्थी माँझ अन्तरक्रिया गरेको बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले शुक्रबार नै जोगबनीमा विदेशी कम्पनीको बीमालाई निरुत्साहित गर्न होर्डिङबोर्ड समेत स्थापना गरेको छ ।

शुक्रबार विहान इटहरीस्थित कचना महादेव माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष चापागाँईले विद्यार्थीहरुलाई बीमाबारेमा उत्सुकता जगाउँदै घरघरमा आफ्ना अभिभावक समक्ष बीमाबारेमा बहस गर्न आग्रह गरेका छन् । अध्यक्ष चापागाँईले विद्यार्थीहरुलाई भने, ‘भाइबहिनीहरु कतिले बीमा गरेका छौं ?’ सहभागी विद्यार्थीहरुले कुनै जवाफ नदिएपछि अध्यक्ष चापागाईले घरमा गएर अभिभावक समक्ष बीमाबारेमा जानकारी लिन आग्रह गरे ।

Prabhu
Crest

अध्यक्ष चापागाईले सबैभन्दा पहिले बीमा बारेमा आफू बुझ्न र अभिभावकलाई पनि यसबारेमा चासो राख्न सिकाउँदै भने, ‘पहिला बीमाबारे बुझौं, अनि बीमा गरौं ।’ अध्यक्ष चापागाँईले विद्यार्थीहरुलाई बीमाले जोखिम कसरी हस्तान्तरण हुन्छ भन्ने प्रष्ट पारेका थिए । एक सय ५० भन्दा बढि विद्यार्थीहरुले अध्यक्ष चापागाँई तथा बीमा समितिका उपनिर्देशक निर्मल अधिकारीबाट बीमा के हो ? यसले कसरी मानव जीवनमा योगदान पुर्याउँछ सो बारे जान्ने कोसिस गरेका छन् । विद्यार्थीहरुले उत्सुकतापूर्वक बीमाबारेमा जानकारी लिएको समितिका उपनिर्देशक अधिकारीले इन्स्योरेन्स खवरलाई बताए ।

शुक्रबार नै स्थानीय जनप्रतिनिधि सहित जोगबनी पुगेर अध्यक्ष चापागाईले त्यहाँ स्थापना गरिएको होर्डिङबोर्ड उद्घाटन समेत गरेका छन् । होर्डिङबोर्डमा बीमा समितिबाट स्वीकृत प्राप्त नेपाली बीमा कम्पनीमा मात्रै बीमा गरौं भन्ने सन्देश राखिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS