IME Life

बिएफआइएनको २०% लाभांश पारित, सञ्चालकमा ५ जना चयन

SPIL
NIC ASIA

काठमाडौं । बैंकिङ्ग फाईनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहिबार सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७५/७६ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत नगद लाभांश तथा १० प्रतिशत बोनस शेयर (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

कम्पनीले उक्त सभा मार्फत प्रस्ताव गर्न लागेको हकप्रद प्रस्ताव स्थगित भएको छ । बिहिबार सम्पन्न साधारणसभाले हकप्रद प्रस्ताव हालको स्थगित गर्ने निर्णय गरेको हो ।

Prabhu
Crest

यस्तै, सभाले आर्थिक वर्ष २०७५/७६ को लेखापरिक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहको विवरण लगायतका वित्तिय विवरणहरु, लेखापरीक्षक को नियुक्ती एवम् पारिश्रमिक समेत सभाले पारित गरेको छ ।

सभाले कम्पनीको सञ्चालक समितिमा संस्थापक समूहबाट ५ जना संचालकहरुलाई निर्वा्चित गरेको छ । कम्पनीको सञ्चालक समितिमा इमर्जिङ नेपाल लिमिटेडको तर्फबाट डा. विनोद आत्रेय, ग्लोबल आईएमई बैंकको तर्फबाट भवानी ढकाल, नेपाल इन्भेष्टमेन्ट बैैंकको तर्फबाट दिपक कुमार श्रेष्ठ, महालक्ष्मी विकाश बैंकबाट दिपेश लम्साल र एनआईसी एशिया बैंकको तर्फबाट नारायण प्रसाद नेपाल निर्वा्चित भएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS