IME Life

बोर्डका अध्यक्षले अघि सारे यस्तो योजना, शेयर कारोबारले फड्को मार्ला ?

SPIL
NIC ASIA

काठमाडौँँ । धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष्य भिष्मराज ढुङ्गानाले पूँजी बजारको विकासका लागि सात बुँदे योजना अघि सार्दै प्रविधि र लगानीलाई जोड्ने योजना सार्वजनिक गरेका छन् ।

गत सोमबार मन्त्रिपरिषदबाट बोर्डको अध्यक्षमा नियुक्त भएका ढुंगानाले आजै शपथग्रहणपछि पदभार ग्रहण गर्दैछन् । ढुङ्गानाले पूँजी बजार विकासका लागि पूँजी बजारको स्थिरतालाई जोड दिएका छन् । पूँजी बजारमा स्थिरता कायम गर्न सके लगानीकर्ताहरुलाई लाभ मिल्ने उनको बुझाई छ ।

Prabhu
Crest

आफ्नो कार्यकालमा दोस्रो प्राथमिकता स्वरुप व्यावसायिकता विकास गर्ने लक्ष्य छ । त्यस्तै तेस्रो योजनामा पूँजी बजारको दायरा बढाउने योजनामा अध्यक्ष ढुंगाना छन् । हालको पुँजि बजारमा नयाँ लगानीकर्ताहरु थप गरी धेरै लगानीकर्ता सहभागी गराउने र त्यसले बजार नियन्त्रण भन्दा अझै खुल्ला हुने उनको विश्वास छ ।

आजैबाट कार्यभार सम्हाल्दै गरेका ढुंगानाले पूँजी बजारलाई प्रविधिमैत्री बनाएर कारोबार सरल र आम सहभागिताको वातावरण बनाउने लक्ष्य लिएका छन् । अर्कोतर्फ, पूँजी बजारको विकासका लागि संस्थागत सुशासनमा ध्यान दिने दिने उनको अर्को योजना हो । संस्थागत सुशासनबाट मात्रै कम्पनीहरुको स्वच्छता बढुने र यसले लगानीकर्ताहरुलाई लगानीको लागि सहज हुने उनको ठम्याई छ ।

ढुङ्गानाले समायानुकुल धितोपत्र ऐन नियमलाई सान्दर्भिक बनाउने योजना बनाएका छन् । उल्लेखित प्रतिबद्धता र योजना तत्काल कार्यान्वयनमा गएमा शेयर बजारले विस्तारै लय लिनसक्ने समेत देखिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS