IME Life

सिटिजन लाइफद्धारा १४ लाख मृत्यु दावी भुक्तानी

SPIL
NIC ASIA

नवलपरासी । सिटिजन लाइफ इन्स्योरेन्स कावासोती शाखाले मृत्यु दावी भुक्तानी गरेको छ ।

वैदेशिक रोजगारका क्रममा दुबईमा मृत्यु भएका कृष्ण बहादुर खोरु मगरको परिवारलाई कम्पनीले १४ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

Prabhu
Crest

मृतकका बाबू मान बहादुर खोरु मगरलाई उक्त चेक बौदिकाली गाउपालिका ६, मधुकोटस्थित घरमै पुगेर हस्तान्तरण गरिएको कावासोती शाखा प्रमुख जगत राम ढकालले बताए ।

कार्यक्रममा शाखा प्रमुख ढकाल सहित बिडिसि दिपक बस्याल, एजेन्सी म्यानेजर रमेश प्रसाद भुर्तेल, सुन्दर ढकाल सहित समाजसेबि ब्याक्तित्वहरुको उपस्थिति रहेको थियो ।

एक बर्ष अघि रोजगारीका लागि दुबइ गएका २४ बर्सिय कृष्ण बहादुर खोरि मगरको गत मङ्सिर २८ गते निधन भएको थियो ।

त्यस्तै, सिटिजन लाइफ इन्स्योरेन्स पाल्पाले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले पाल्पा माथागढी ६ गोठादीमा एक कार्यक्रमका बीच मृत्यु दावी भुक्तानी वापतको साढे पाँच लाखको चेक हस्तान्तरण गरेको जनाएको  छ।

सिटीजन लाइफ इन्स्योरेन्सबाट छोरिको साढे ५ लाखको जीवन बीमा गरेका शिव बहादुर सारुको बीमा गराएको ४४ औँ दिनका दिन मृत्यु भएपछि उनको परिवारलाई सो दावी भुक्तानी गरिएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS