Prabhu Life Ad Final

युक्रेनको भन्यो, ‘दुर्घटनाको कारण मिसाइल आक्रमण हुनसक्छ’

IME PAY

एजेन्सी । युक्रेनका उच्च सुरक्षा अधिकारीले बिहीबार एक कार्यक्रममा युक्रने सरकारले इरानमा बुधबार विहान भएको यात्रुबाहक जेटको दुर्घटनाको चार कारणहरु मध्ये आतंकवादन्ी हमला तथा मिसाईल आक्रमण समेत हुनसक्ने जनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

NCHL

युक्रेनी एयरलाइन्स बोईङ ७३७–८०० विमान बुधबार विहानै इरानको तेहरानस्थित विमानस्थलबाट उडेको दुई मिनेटमै दुर्घटनामा परेको थियो । बुधबार विहान इरानले इराकस्थित अमेरिकी सैन्य क्याम्पमा मिसाइद्वारा आक्रमण गरेको केही घण्टापछि सो युक्रेनको किभका लागि १६७ चालक र यात्रुसहितको जहाज दुर्घटनाग्रस्त भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले चालकले आपतकालिन सहयोग नमागेको तथा दुर्घटनाको कारण आगो लागी भएको तथ्य बाहिर आएसँगै युक्रेनले प्रााविधिक, मानवीय, आतंकवादी र मिसाईल आक्रमण चार कारणभित्रैबाट दुर्घटना भएको निष्कर्ष निकालेको हो ।

बिहिबार इरानी एयरट्राफिकलाई उध्रित गर्दै प्रशारण गरिएको रिर्पोटका अनुसार विमानका क्याप्टेनले दुर्घटनाअघि सम्र्पकमा आउनको लागि रोडियो कल नगरेको र तेहरानको एयरर्पोटमा फर्कने क्रममा उक्त विमानमाथि प्रहार गरिएको जनाएको छ ।

गत साता ड्रोन हमलामा इरानी सैनिक जर्नेल कासिम सोलेमेनीको अमेरिकाले हत्या पश्चात इरान र इराकमा हवाई यात्रा जोखिमपूर्ण बनेको छ । एयरफ्रान्स र टर्किस एयरले इरान र तथा इराकबाट उडान नभर्ने घोषणा गरिसकेका छन् भने अन्य जहाजहरुले समेत जोखिमपूर्ण आकाशबाट उडान भरेका छैनन् ।

उक्त विमानमा १६७ जना यात्रु रहेका थिए भने नौ जना चालक दलका व्यक्तिहरु रहेका थिए । जसमा ६३ जना इरानका, ६३ जान क्यानडाका र ११ जना युक्रेन नागरिकहरु रहेका थिए । विमान दुर्घटनापछि अर्बौै रुपैयाँ बीमा दावी भुक्तानीको प्रक्रिया छिट्टै सुरु हुनेछ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x