बुटवल पावर कम्पनीको २८ प्रतिशत लाभांस पारित

Citizen Life Insurance Co

काठमाडौँं । बुटवल पावर कम्पनीको २८ प्रतिशत लाभांश अनुमोदन भएको छ ।बिहिबार संचालक समितिका अध्यक्ष पद्य ज्योतिको अध्यक्षतामा सम्पन्न साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।

कम्पनीले गत वर्षको नाफाबाट १८ प्रतिशत नगद र १० प्रतिशत बोनस सेयर दिएको हो ।सभाले सञ्चालक समितिको प्रतिवेदन, आर्थिक बर्ष २०७५।७६ को लेखापरीक्षण प्रतिवेदन सहितको वित्तिय विवरण र लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका सबै प्रस्तावहरु पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार