IME Life

शेयर लगानीकर्तालाई निशुल्क तालिम, बोर्डले अघि सार्यो नयाँ कार्यक्रम

SPIL
NIC ASIA

काठमाडौं । अबदेखि शेयर लगानीकर्ताहरुलाई सरकारले निशुल्क तालिम दिने भएको छ । शेयर बजार सम्बन्धी नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डले महिनामा दुई शेयर लगानीकर्ताहरुलाई निशुल्क तालिम दिने प्रक्रिया सुरु गरेको छ ।

आगामी माघ महिनादेखि नै तालिम सुरु हुने बोर्डले जनाएको छ । तालिमको तालिका अनुसार प्रत्येक महिनाको दोस्रो अन्तिम शुक्रबार निःशुल्क प्रशिक्षण कार्यक्रम सञ्चालन हुनेछ । यसअघि विभिन्न शेयर ब्रोकर कम्पनीहरुले शुल्क लिएर तालिम सञ्चालन गर्दै आएका थिए ।

Prabhu
Crest

सेयर लगानीकर्ताहरु नझुक्किउन, र नफसुन् भन्ने उद्देश्यले तालिम सञ्चालन गर्न लागेको बोर्डले जनाएको छ । नेपाल धितोपत्र बोर्डले बिहिवार एक सूचना जारी गर्दै सर्वसाधारण लगानीकर्ताहरुलाई धितोपत्र बजार तथा वस्तु विनिमय बजारको विषयमा प्रशिक्षण कार्यक्रममा सहभागी भई लाभ लिन आग्रह गरेको छ ।

६० जनासम्म सहभागी राखेर तीन घण्टाको तालिम सञ्चालन गर्न लागिएको बोर्डले जनाएको छ । तालिमपछि सर्वसधारणमा शेयर खरिद बिक्रीको ज्ञान बढ्ने र कारोबार समेतमा बृद्धि हुने विश्वास लिएको बोर्डले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS