IME Life

चार कम्पनीका सिमेन्ट गुणस्तरहीन, प्रयोग नगर्न सरकारको आग्रह

SPIL
NIC ASIA

काठमाडौं । नेपाल सरकारले चार वटा कम्पनीका सिमेन्ट गुणस्तरहीन भएकोले प्रयोग नगर्न सर्वसधारणलाई सूचना जारी गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले चार वटा सिमेन्ट गुणस्तरहीन रहेको भेटिएपछि नेपाल गुणस्तर चिन्ह (एनएस) समेत स्थगन गरेको जनाएको ।

विशाल सिमेन्ट, इन्टरनेशनल सिमेन्ट, आरएमसी सिमेन्ट र हिमालयज सिमेन्ट गुणस्तरहीन भएको भन्दै प्रयोग नगर्न भनेको हो । गुणस्तर विभागका अनुसार उल्लेखित कम्पनीहरुबाट उत्पादित सिमेन्टमा इन्सोलुबल रेसियो तथा म्याग्नेसियमको मात्रा तोकिएभन्दा बढि भएकोले कमजोर हुने गर्दछ ।

Prabhu
Crest

विभागले परिक्षणको क्रममा विशालको पीपीसी सिमेन्टमा म्याग्नेसियम ६ दशमलव ४ प्रतिशत रहेको विभागको परिक्षण प्रवेदनमा उल्लेख छ । त्यस्तै इन्टरनेशनल सिमेन्टको ओपिसी ब्राण्डमा आइआरको मात्रा पनि ४ दशमलब ९ प्रतिशत पाइएको छ । यस्तो सिमेन्ट प्रगोग गर्नै मिल्दैन ।

त्यस्तै आरएमसी सिमेन्टको ओपिसी ब्राण्डमा म्याग्नेसियम ७ दशमलब २ प्रतिशत पाइएको विभागको रिपोर्टमा उल्लेख छ । उता, हिमालयज सिमेन्टको पीपीसी ब्राण्डमा आइआर २९ दशमलब ३ प्रतिशत पाइएको जनाइएको छ । उक्त सिमेन्ट झनै प्रयोग गर्न नमिल्ने विभागको प्रतिवेदनले औल्याएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS