IME Life

स्वाभिमान लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA

काठमाडौं । स्वाभिमान लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थका लागि पुस २५ गते शुक्रबार बुक क्लोज गर्दैछ । त्यसकारण आजसम्म कायम शेयरधनीले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

लघुवित्तले लाभांश प्रस्ताव पारित गर्न माघ १० गते साधारण सभा डाकेको छ । लघुवित्तको तेस्रो वार्षिक साधारण सभा डार्सिज इन्टरनेशनल होटल, बुटवलमा बिहान ११ बजे शुरु हुने जनाएको छ ।

Prabhu
Crest

सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम २४ प्रतिशत बोनस शेयर र १.२७ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यसका साथै बोनस शेयर वितरणपश्चात कायम हुन आउने जारी तथा चुक्ता पूँजीको ३३.३३ प्रतिशत अर्थात ३ बराबर १ अनुपातमा हकप्रद शेयर जारी गर्ने, सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने र १ जना स्वतन्त्र सञ्चालकको नियुक्ति गर्ने लगायतका विभिन्न प्रस्तावहरु रहेको छ ।

हाल लघुवित्तको चुक्ता पूँजी ६ करोड १८ लाख रुपैयाँ छ । प्रस्तावित २४ प्रतिशत बोनस वितरण पश्चात लघुवित्तको चुक्ता पूँजी ७ करोड ६७ लाख ७ हजार ६४० रुपैयाँ पुग्ने जनाइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS