SKIP THIS

IK Anniversary
IME Life

आईपिओ निष्काशन प्रक्रिया तीव्र पार्दै पुनर्बीमा कम्पनी

SPIL
NIC ASIA

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले एक करोड ६० करोडको आईपिओ (प्राथमिक शेयर) निष्काशनको प्रक्रियालाई तीव्र रुपमा अघि बढाएको छ ।कम्पनी ऐन २०६३ को दफा ५८ (२) बमोजिम कानुन अनुसार पुँजि घटाउन अदालतको अनुमति लिनुपर्ने व्यवस्थाको कारण आईपीओको प्रक्रिया पछाडि धकालिएको थियो ।

पाटन उच्च अदालतले १५ अर्ब जारी पुँजी घटाएर १० अर्ब कायम गर्ने सम्बन्धमा यही पुस २० गते आदेश जारी गरेपछि पुनर्बीमा कम्पनी अब आईपिओमा अघि बढेको हो । पूँजी घटाउन दिएको निबेदनमा अदालतबाट फैसलाको पूर्णपाठ आउन भने बाँकी छ । यद्यपि फैसला भइसकेकाले पुनर्बीमा कम्पनीले आईपिओ निष्काशन प्रक्रिया तीव्र पारेको हो ।

Prabhu
Crest

पुर्णपाठ नआएसम्म औपचारिक रुपमा प्रक्रिया अघि बढाउन नमिले पनि तयारी भने तीव्र पारिएको छ । पुनर्बीमा कम्पनीका पुनर्बीमा विज्ञ विष्णु विष्णु प्रसाद उपाध्यायले अदालतको आदेशको पूर्ण पाठ आउने क्रममा रहेकाले आईपिओ निष्काशनको औपचारिक मिति तय भइनसकको बताए । उपाध्यायले अदालती प्रकृयाले गर्दा माघ महिनासम्ममा आईपिओ निष्काशन प्रक्रिया सुरु हुने बताए ।

अदालतको प्रक्रियाका कारण रोकिएको आईपिओ निष्काशनका लागि अन्य तयारी भने सकिएको पुनर्बीमा कम्पनीले जनाएको छ । कम्पनीले गत भदौ २२ गते नै नियामक निकाय नेपाल धितोपत्र बोर्डमा अनुमति माग गर्दै निवेदन दिइसकेको छ । कम्पनीको हाल चुक्ता पूँजी ८ अर्ब ४० करोड रुपैयाँ छ । १ अर्ब ६० करोड रुपैयाँ आईपीओ निष्कासन पश्चात् कम्पनीकोे चुक्ता पूँजी १० अर्ब पुग्नेछ ।

२०७५ पुस १३ मा सम्पन्न विशेष साधारण सभाले अधिकृत तथा जारी पूँजी १५ अर्बबाट १० अर्ब कायम गर्ने गरी प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने प्रस्ताव अनुमोदन गरेको थियो । उक्त प्रकृयाका लागि उच्च अदालत पाटनमा कम्पनीले कार्तिक २८ मा निवेदन दिएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS