IME Life

७ अंकले घट्यो नेप्से, ७३ करोडमाथिको कारोबार

SPIL
NIC ASIA

काठमाडौं । आज बुधबार शेयर बजार घटेको छ । आज नेप्से ७ दशमलव ३२ अंकले घटेर १,२०९ दशमलव ६० को विन्दुमा काय मभएको छ । आज सबैभन्दा धेरै माइक्रोफाइनान्स उपसूचक ० दशमलव ८१ प्रतिशतले बढेको छ ।

आइतबारदेखि लगातार बढेको नेप्से आज बुधबार भने गिरावट आएको छ । फाइनान्स, उत्पादनमुलक माइक्रोफाइनान्स, म्युचल फण्ड तथा अन्य बाहेक सबै उपसूचक घटेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समुह १ दशमलव ३३ प्रतिशतले घटेको छ । आज १ सय ७२ कम्पनीको २१ लाख ८८ हजार ४ सय ९१ कित्ता शेयर किनबेच हुँदा ७३ करोड २१ लाख ६९ हजार रुपैयाँको कारोबार भएको छ ।

Prabhu
Crest

सबैभन्दा धेरै वोमी लघुवित्त वित्तीय संस्थाको ७ करोड १६ लाख २८ हजार रुपैयाँको कारोबार भएको छ । एनआइसी एशिया बैंकको ४ करोड २८ लाख रुपैयाँको कारोबार भएको छ भने माछापुच्छ्रे बैंक,डिप्रोक्स लघुवित्त वित्तीय संस्था र प्रभु बैंकको २ करोडमाथिको कारोबार भएको छ ।

त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स, एनएमबि बैंक, नेपाल बैंक, एभरेष्ट बैंक र नविल बैंकको १ करोडमाथिको कारोबार भएको छ ।

समता माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशतका दरले कमाएका छन् भने लुम्बिनी विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै ७ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS