Prabhu Life Ad Final

एलआईसी नेपालको ‘जीवन बचत’ योजना सार्वजनिक

IME PAY

काठमाडौं । एलआईसी नेपालले जोखिम र बचत दुवैलाई समेटेर नयाँ जीवन बीमा योजना आज सार्वजनिक गरेको छ । “जीवन बीमासहित खुसीको बचत, जीवन बचत” भन्ने नाराकासाथ एलआईसी नेपालले ‘जीवन बचत’ नामक एकल बीमाशुल्क भएको जीवन बीमा योजना बजारमा ल्याएको हो । ‘जीवन बचत’ योजना कम्पनीको २४ औ बीमा योजना हो ।

NCHL

मंगलबार काठमाडौंमा आयोजित एक समारोहबीच बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले ‘जीवन बचत’ योजनाको औपचारिक रुपमा उद्घाटन गरेका छन् ।

१६ देखी ६५ बर्षसम्म उमेरका व्यक्तिहरुले उक्त जीवन बीमा योजना सहभागी हुनसक्ने कम्पनीले जनाएको छ । न्यूनतम् बीमाङ्क रकम एक लाख रुपैयाँ कायम गरिएको सो नयाँ बीमा योजनामा अधिकतम बीमाङ्कको सीमा बीमा अन्डरराइटिङ्ग नियमानुसार जति पनि लिन सकिने कम्पनीले जनाएको छ ।

नयाँ बीमा योजनाको योजनामा अवधि न्युनतम ५ बर्ष र अधिकतम २५ बर्ष तोकिएको छ । बीमा परिपक्वतामा आर्जित बोनससहित बीमाङ्क रकम एकमुष्ठ प्रदान गरिने उक्त नयाँ बीमा योजनामा बीमा परिपक्वतापछि बीमितले इच्छा अनुसार ५ देखि १० वर्षभित्र सो रकम तोकिएको व्याजसहित किस्ताबन्दीमा समेत लिन सक्ने विशेषता पनि समावेश गरिएको छ ।

न्यून बीमाशुल्क भएको ‘जीवन बचत’ बीमा योजनामा अधिकतम ७५ लाखसम्मको दुर्घटना बीमाको लाभ लिन सकिने र बीमाशुल्क भुक्तानीको एक वर्ष पश्चात् बीमितले कम्पनीबाट कर्जा तथा बीमा समर्पण सुविधासमेत लिन पाउने सुविधा समावेश गरिएको नयाँ बीमा योजना नेपाली बीमित माँझ लोकप्रिय हुने विश्वास लिइएको कम्पनीका सिईओ एलपी दासले बताए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत दासले बीमा योजनामार्फत विविध क्षेत्रका पेशाकर्मी तथा व्यवसायीले एकल बीमाशुल्क भुक्तानी गरी जीवन बीमा सेवा प्राप्त गर्ने र नयाँ ‘जीवन बचत’ योजनाले बीमितले धेरै लाभ लिन सक्ने बताए । नयाँ बीमा योजनाको उद्घाटन कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत टी. बर्णवालले नयाँ बीमा योजनाको आवश्यकता र प्रभावकारिताको बारेमा प्रष्ट पारेको कम्पनीका सचिव विनोद कुमार भुजेलद्वारा प्रेस बिज्ञप्तिमा जनाइएको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x