प्रिमियर इन्स्योरेन्सको सिईओमा तिमिला नियुक्त, कार्यभार सम्हाले

Citizen Life Insurance Co

काठमाडौं । प्रिमियर इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा विश्वराम तिमिला नियुक्त भएका छन् । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले पुस २१ गते मंगलबारदेखि लागू हुने गरी चार वर्षका लागि सिईओमा नियुक्त गरेको सो कम्पनीका डेपुटी सिईओ सहदेव तिवारीले बताए ।

नव नियुक्त सिईओ विश्वराम तिमिलाले आजबाट कार्यभार सम्हालेका छन् । मंगलबार विहान शपथ लिएर अपरान्हदेखि कार्यभार सम्हालेको प्रिमियर इन्स्योरेन्सले जनाएको छ । यसअघि नेको इन्स्योरेन्सको सिईओ रहेका तिमिला बीमा क्षेत्रका अनुभवी प्रशासक मानिन्छन् ।

तिमिलाले गत साता बीमा समितिबाट सिईओमा नियुक्तीका लागि स्वीकृति पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार