Prabhu Life Ad Final

दोहोरो अंकले बढ्यो नेप्से, निर्जीवन बीमाको शेयरमा झुम्मिए लगानीकर्ता

IME PAY

काठमाडौं । आज मङगलबार शेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से १६ दशमलव २३ अंकले बढेर १,२१६ दशमलव ९२ को विन्दुमा कायम भएको छ । होटल र उत्पादनमुलक बाहेक सबै उपसूचक बढेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समुह १ दशमलव ८९ प्रतिशतले बढेको छ ।

आज लगानीकर्ताहरु निर्जीवन बीमा कम्पनीको शेयरमा आकर्षित भएको देखिन्छ । निर्जीवन बमिा समुह १ दशमलव ८९ प्रतिशतले बढेको छ ।

NCHL

दिनभरिमा १ सय ७९ कम्पनीको ३८ लाख ८० हजार ९ सय ९० कित्ता शेयर किनबेच हुँदा १ अर्ब १० करोड २७ लाख ३६ हजार रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै माछापुच्छ्रे बैंकको १९ करोड ४९लाख रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, एनआइसी एशिया बैंकको ६ करोड ४८ लाख रुपैयाँको कारोबार भएको छ भने प्रभु बैंकको ४ करोड २० लाख रुपैयाँ, डिप्रोक्स लघुवित्तको ४ करोडमाथिको कारोबार भएको छ । एनसीसी बैंक, एनएमबि बैंक, सिद्धार्थ बैंक, लुम्बिनी विकास बैंक र नेपाल लाइफ इन्स्योरेन्सको २ करोडमाथिको कारोबार भएको छ ।

सिभिल लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशतका दरले कमाएका छन् भने बोटलर्स नेपालका लगानीकर्ताले सबैभन्दा धेरै ३ प्रतिशतका दरले गुमाएका छन् ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x